Introduction

Introduction

मन्त्रिपरिषदको मिति २०७४।१२।२७ को निर्णय अनुसार नेपाल सरकार गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय धनुषाको एउटा इकाइको रुपमा शिक्षा विकास तथा समन्वय इकाइ धनुषा स्थापना भएको हो । जम्मा ९ जना कर्मचारी रहने गरी स्थापना भएको यो इकाइ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिल्लास्तरीय शिक्षा प्रशासन र समन्वयको संक्रमणकालीन व्यवस्था हो ।२०७४ साल चैत २८ गते जिल्ला प्रशासन कार्यालय (गृह मन्त्रालय)अन्तर्गत स्थापना भएको शिक्षा विकास तथा समन्वय इकाइ मन्त्री परिषदको मिति २०७५।९।९ को निर्णय अनुसार शिक्षा¸ विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहने गरी व्यवस्थापन भएको थियो । २०७५।११।२३ को पत्रका आधारमा यसले एक जिल्ला स्तरीय  संघीय कार्यालयको रुपमा स्थापना भई हालसम्म आफ्नो छुट्टै कोडमा आर्थिक कारोवार सहित वार्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि शिक्षा सम्बन्धी प्रचलित कानुनको परिधिभित्र रही स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले गरेको व्यवस्था भित्र नपरेका साविक जिल्ला शिक्षा कार्यालयह... Read More